सरकारबाट जबर्जस्तीको पराकाष्टा भएको हो . सुनील पोखरेल – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

सरकारबाट जबर्जस्तीको पराकाष्टा भएको हो . सुनील पोखरेल

नयाँ विकल्प,

काठमाडौं- सर्वोच्च अदालतमा आईजीपी नियुक्तिसम्बन्धी जारी विवादमा इजलासमा एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस गर्दै अभिवक्ता सुनील पोखरेलले सरकारबाट जबर्जस्तीको पराकाष्टा भएको जिकिर गरेका छन् । न्यायाधीश सुष्मालता माथेमाको इजलासमाअधिवक्ता पोखरेलले वरियता मिचेर गरिएको आईजीपी नियुक्तिपछि पनि सरकारी पक्षबाट जबर्जस्तीको पराकाष्टा गर्न खोजिएको बताएका छन।

सरकारले विश्वराज पोखरेललाई आईजीपी नियुक्त नगरेर गल्ती गरेको उनले बताएका छन। उनले आईजीपी नियुक्त भएका धीरजप्रताप सिंह भन्दा पोखरेल १६ महिना सिनियर भएको पनि बताए । प्रहरी नियमावलीको नियम ४१ ले आईजीपी नियुक्तिमा महत्त्वपूर्ण आधार मान्ने भन्दै उनले सोअनुसार पोखरेल नै योग्य उम्मेदवार भएको जिकिर गरे ।

राज्यव्यवस्था समितिले एआईजीको दरबन्दी सिर्जना नगर्नु भनेर दिएको निर्देशन सरकारले मान्नुपर्ने उल्लेख गर्दै उनले यो प्रकरणमा पोखरेललाई मुछ्न खोज्नु न्यायसंगत नहुने बताए ।

मन्त्रिपरिषद्को निर्णयपछि हतारमा बिदाको दिन नै बढुवाको फुली लगाइएको जिकिर गर्दै निर्णय बदर हुनुपर्ने माग गरे ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ बैशाख २२, १३: ३४

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ बैशाख २२, १३: ३४

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख २२, १३: ३४

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...