
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचिमा आपत्ति जनाएका छन् ।
देशका विभिन्न स्थानमा हुने चुनावी सभामा शीर्ष तहका नेताहरु सहभागी हुने गरि परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचिमा निधिको नाम कहिं पनि उल्लेख गरिएको छैन । जनकपुरको सभामासमेत उनको नाम समावेश गरिएको छैन ।
आक्रोशित निधिले २४ वैशाखमा धनुषामा हुने चुनावी सभा बहिस्कार गर्ने भएका छन् ।
परिचालन समितिले बनाएको सूचिमा, सभामा सहभागी हुनेमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ ।
निधिले ‘लगायतका अन्य वक्ताहरु’ भन्ने शब्दावलीमा असन्तुष्टि जनाएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...