काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा भरिया बनेका राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य ज्ञानेन्द्र झामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । झालाई आयोगले शुक्रबार दिउँसो टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा ल्याएर लिखित बयान लिइएको अख्तियार स्रोतले बतायो ।
भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको विवाद सल्ट्याइ दिने सर्तमा अख्तियार आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको घटना सार्वजनिक भएको थियो । सो घटना सार्वजनिक भएपछि आयुक्त पाठकले राजिनामा दिएका थिए । कलेका अध्यक्ष लम्बोदर न्यौपाने समूहबाट लिएको ७८ लाख रुपैयाँ दुई पटक गरेर नेता झाले आयुक्त पाठकलाई बुझाएका थिए । सो घुस प्रकरणमाम उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको समेत संलग्नता रहेको स्रोतको दाबी छ ।
न्यौपानेबाट लिएको रकम झाले आयुक्त पाठकलाई बुझाएका थिए । तर, झाले पाठक दोषी रहेको र उनलाई कारबाही गर्नुपर्ने भनाइ राख्दै आएका छन् । अख्तियारका आयुक्त गणेशराज जोशी नेतृत्वको छानबिन टोलीले उनको बयान लिएको थियो । उनको आइतबार पनि बयान लिइएको थियो ।
२०७१ सालमा आयुक्त बनेका पाठकले यसअघि पनि अख्तियारमा कार्यरत एक प्रहरी नायब उपरीक्षकलाई पाठकले ५ लाख रुपैयाँ घुस लिन निर्देशन दिएका थिए । तर त्यो कुरा डीएसपीले अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसम्म पु¥याए पनि उनले कारवाही गरेका थिएनन् । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थान (आईओएम) का पूर्वसहायक डीन प्रा.डा विमल सिन्हालाई आयुक्त पाठकले आफ्नो निवास शान्तिनगरमा बोलाएर जानकी मेडिकल कलेजको एमबीबीएस सिट संख्या बढाउन दबाव दिएका थिए ।
अख्तियारका तत्कालीन प्रमुख आयुक्त कार्की र पाठक मिलेर काठमाडौं विश्व विद्यालयको एमबीबीएस प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए । पाठकले मेरिट लिस्टमा आउन असफल आफ्नी छोरीलाई जबरजस्ती भर्ना गराउनका लागि प्रहरीका डीआइजीलाई पनि प्रयोग गरेका थिए । संसदको समितिले सो बिषयमा छानबिन गरे पनि निर्देशन दिन सकेको थिएन । महोत्तरी एकडरा स्थायी घर भएका पाठकले आफू भविष्यको प्रदेश प्रमुख भन्दै हिँड्ने गरेका थिए ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...