बखेडा झिकेर गठबन्धनका उम्मेदवार हराउँनेतिर नलाग्न सभापति देउवाको आग्रह – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

बखेडा झिकेर गठबन्धनका उम्मेदवार हराउँनेतिर नलाग्न सभापति देउवाको आग्रह

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति र सहकार्यका लागि गठबन्धन गरिएकाले कोही पनि गठबन्धनका उम्मेदवार हराउँनेतिर लाग्न नहुने बताएका छन् ।

उनले सबै मिलेर गठबन्धनका उम्मेदवारलाई जिताउँने बाटोमा गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।

कठमाडौंमा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कांग्रेसभित्रबाट पनि गठबन्धनको विषयमा बखेडा आइरहेको बताए ।

उनले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले साथीहरु रिसाएको र बखेडा झिक्ने काम गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे ।

काठमाडौंमा सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए ।

चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’

सम्बन्धित समाचार

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७९ बैशाख २३, २०: २७

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...

मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त
मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त
  • २०७९ बैशाख २३, २०: २७

काठमाडौं : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा...

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
  • २०७९ बैशाख २३, २०: २७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । भारतले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको...