
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा प्रतिस्पर्धा अझ चुलिएको बताएका छन् ।
पछिल्लो समय नेपालमा प्रगतिशील र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको समेत उनको जिकीर छ ।
अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयासहरु भइरहेको उनले बताएका छन् ।
वर्तमान समयमा गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिएको बुझ्नुपर्ने वरिष्ट नेता पौडेलले बताए ।
कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्ति विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’
राजनीतिक स्थिरता कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे । स्थिरिता नहुँदा विकास हुन नसकेको उनले बताए ।
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...