जनतामाथि विश्वास नगर्ने दल हो कांग्रेस : ओली – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जनतामाथि विश्वास नगर्ने दल हो कांग्रेस : ओली


नयाँ विकल्प ,

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सत्तारुढ नेपाली कांग्रेसको चर्को आलोचना गर्दै नेपाली कांग्रेस जनतामाथि विश्वास नगर्ने दल भएको आरोप लगाएका छन् ।

कांग्रेसले एमालेसँग सहकार्य गरेको सोच्नु पनि अपराध ठानेको उनको भनाई छ । उनले अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर कांग्रेसले गठबन्धन सरकार चलाएको बताए । उनले भने, ‘उसले राणा शाहीसँग सहकार्य गरेको इतिहास छ । कांग्रेसको नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्ग प्रसस्त भएको यथार्थ हो। कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’

उनले काग्रेंसले जनादेशमा विश्वास नगरेको पनि बताए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख २५, १६: ०२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख २५, १६: ०२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ बैशाख २५, १६: ०२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...