
नयाँ विकल्प,
काठमाडौं – गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको सत्ता गठबन्धनका दलहरुले बताएका छन् ।
स्थानीय तह चुनावका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका हुन् ।
स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने गठबन्धनका नेताहरुको भनाइ छ । यस्तै स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव हुने पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...