स्याङ्जामा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्तः कांग्रेस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

स्याङ्जामा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्तः कांग्रेस

नयाँ विकल्प,

काठमाडौं – स्याङ्जामा १४ जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
वालिङ नगरपालिका १६ का मतदाता बोकेको ग २ च ३०२६ नम्बरको पिकअप शुक्रबार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीद्धारा जारी प्रेस विज्ञप्तिमा दुर्घटनामा परी निधन भएकाप्रति व्यक्त गरिएको छ ।
साथै कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मृतकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

जारी विज्ञप्तिमा देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख ३०, २१: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख ३०, २१: ०२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख ३०, २१: ०२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...