किन र कहिले लागे विखण्डनको बिउ रोप्न ?
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत मधेश अभियानको क्रममा आजभन्दा पाँच बर्षअघि २०७१ सालमा मोरङको रंगेली सोराभाग गाविस ३ मा कार्यकर्तालाई प्रशिक्षण गरेर फर्कने क्रममा पक्राउ परे । जव उनी प्रक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा आए तव उनको नाम एकाएक चर्चामा आएको थियो ।
सप्तरीको महादेवा गाउँमा जन्मिएका राउत अमेरिकामा बैज्ञानिकका रुपमा कार्यरत रहँदै गर्दा सन सात÷आठ बर्षअघि सन् २०११ मा नेपाल फर्किएका हुन । उनले युवा इञ्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेनकफ एकेडेमिक एचिभमेन्ट अवार्डबाट सम्मानित र विभूषित भएका थिए ।
अमेरिकामा उनी गैर आवासिय मधेशी संघका संस्थापक अध्यक्ष भए । पुल्चोक क्याम्पसको इलेकट्रोनिक्स इञ्जिनियरिंगमा स्नातक गरेर उनी एक इञ्जिनियरिंग क्यामपसमा केही समय विभागीय प्रमुखको रुपमा पनि काम गरेका थिए । उनी उच्च शिक्षा अध्ययन गर्न सप्तरीबाट काठमाडौं आउँदै गर्दा एउटा नमिठो र तितो अनुभव गरे ।
जुन, अनुभवले उनको भावना र मानसपटलमा सम्भवत नराम्रो गरी गहिरो चोट पुग्यो । २०५८ सालमा उनी उपत्यका छिर्दै गर्दा काठमाडौंमा भारतीय नायक ऋतिक रोसनले नेपाल भारतमा पर्छ भनी अभिब्यक्ति दिएको भन्दै केही संचार माध्यममा समाचार प्रकाशित र प्रशारित भएपछि उनी अभिनित चलचित्रहरु नेपालका हलमा चल्न छोडे । पछि सबै हिन्दी फिल्म बन्द भए । त्यसका विरुद्ध काठमाडौंमा तीन दिनसम्म प्रदर्शन र भिडन्तझै प्रस्तुती भयो ।
त्यही मौकामा तराई मधेशमा बस्ने कालो बर्ण भएका मधेशीमूलका नेपालीमा माथि दुब्र्यवहार पनि भयो । यसको असर उनको मानसिकतामा पनि प¥यो र उनी अमेरिका गएपछि नेपालीको पहिचानभन्दा पहिलो मधेशी हुँ भन्ने भावना जागृत भयो र गैरआवासिय मधेशी संघको संस्थापक अध्यक्ष भएका थिए । केही समयपछि राउत जापान सरकारले दिएको मोबुशो स्कलरशीपमा जापान गएक ाथिए । जापानमा मास्टर्स डिग्री पुरा गरेर उनी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा बिद्यावारिधीको लागि आवेदन दिएर छनोट भए ।
२००६ को अर्थात २०६३ सालमा अगस्टमा नेपाल फर्किएपछि यहाँ मधेश आन्दोलत चलिरहेको थियो । त्यसपछि त्यसैबेला मधेश अधिकार एवम् स्वतन्त्रता गठबन्धन अर्थात एलायन्स फर राईट्स एण्ड इण्डिपेन्डेन्स अफ मधेश (अरिम)को स्थापना गरेका थिए ।
उनी अमेरिका सरे इन्टरनेट÷आर्पनेट र इमेल सिस्टमको विकास गरे । र नेपाल फर्किएर मेची महाकाली यात्रा गरी आत्मकथा लेखे । उनले काठमाडौंलाई मन्दिरहरुको शहर नभई वेश्याहरुको देश भनेर टिप्पणी गरेर तराई तिरै लागेक थिए । उनले नेपाल देशबाट मधेश अलग्गै देश हुनुपर्ने भन्दै मधेशको प्रचारमा लागे । मधेश स्वराज नामको पुस्तकमा राउतले मधेशलाई नेपालबाट पूर्णरुपमा अलग्याउनु पर्ने बताएका थिए ।
उनले लेखेको पस्तकमा अलग्गै मधेश देशको लागि प्रचार प्रसार, युवा दस्ता बनाउने, सैन्य र प्रहरी संरचना बनाउने लेखिलिएर नाकाबन्दी, सैनिक र सीपाही बिद्रोहसम्मको कुरा उठाएका छन् । अनि मात्र उनले अन्तिममा अन्तराष्ट्रिय समर्थन पाउने र राष्ट्र संघमा दर्ता सम्मको कुरा उल्लेख गरेका छन् ।
२०७१ साल भदौ २९ गते सीके राउतलाइ प्रहरीले मोङको रंगेली आमतोलास्थित सन्थाल जातिको कार्यक्रममा जाँदै गर्दा गिरफ्तार गरेको थियो । असोज ५ गते उनी महानगरिय प्रहरी परिसर हनुमानढोकाको हिरासतमै आमरण अनसन बसे । उनको अनसन तोडाउन त्यसको बिरुद्धमा असोज १८ गते तराईका १२ जिल्ला बन्द भए । त्यसको कारण अरु केही नभएर सिके राउत बचाउ संघर्ष समितिको नाममा चक्काजाम गरिएको थियो ।
तत्कालिन मन्त्रिपरिषद्का सदस्य डा. मिनेन्द्रप्रसाद रिजालले उनको अनसन तोडाउन वार्ता समेत गरेका थिए । असोज २८ गते विशेष अदालतका अध्यक्ष न्यायाधिश मोहनरमण भट्टराई र सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्र शिवाकोटीको इजलासले राउतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
२०७२ बैशाख १० गते विशेष अदालतले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर चन्द्रकान्त (सीके) राउतलाई राज्य विप्लवको मुद्धामा पनि सफाई दिएको थियो । दुई साताअघि पक्राउ परेको राउतलाई प्रहरीले पुर्वक्षको लागि थुनामा राखेको थियो । राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले २०७५ साल असोज २१ गते पक्राउ गरी भोलीपल्टै असोज २२ गते राज्य विप्लवको मुद्धा दायर गरेको थियो ।
यसअघिनै प्रक्राउ परेको राउतले असोज ५ गतेदेखि प्रहरी हिरासतमै अनिश्चितकालिन आमरण अनसन थालेका थिए । राउतलाई गैरकानुनी थुनामा नराख्न भन्दै तत्कालिन न्यायाधीशद्धय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले २०७५ को मंसिर १७ गते आदेश दिएको थियो । तर उनलाई राज्य विप्लवको अर्को मुद्धामा पुर्पपक्षकै लागि थुनामा राखिएको थियो ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...