भारतबाट पुनः बढेर आयो पेट्रोलको भाउ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

भारतबाट पुनः बढेर आयो पेट्रोलको भाउ

नयाँ विकल्प,

काठमाडौं – भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर नेपाल आयल निगमले जनाएको छ ।

सोमबार निगमले प्रेसविज्ञप्ति जारी गरी गर्दै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।

यद्यपि हालसम्म कुनै निर्णय भने भएको छ । दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम महिनामा दुईपटक भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ ।

जसअनुसार निगमले मे २०२२ को लागि पहिलो किस्ता भुक्तानी गर्दा रु १२ अर्ब ८० करोड भुक्तानी दिन नसकेको र सो रकम बक्यौता रहन गएको जनाएको छ ।

दोस्रो किस्ता वापत आगामी मे २३ मा थप करिब रु १८ अर्ब भुक्तानी गर्नुपर्ने भएको भन्दै निगमले जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न ठूलो चुनौती रहेको बताएको छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ जेष्ठ २, २१: ०६

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ जेष्ठ २, २१: ०६

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ जेष्ठ २, २१: ०६

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...