धनुषामा गोली प्रहार, ११ जना पक्राउ – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

धनुषामा गोली प्रहार, ११ जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं – धनुषाको नगराइन नगरपालिका–८ मा चुनावको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो ।

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेको पनि बताएको छ । चुनाव हारतिजको विषयमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।

घटनास्थलमा फायर भएको एक राउण्ड गोलीको खोका भेटिएको जानकारी दिइएको छ । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७९ जेष्ठ ३, १६: ४५

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७९ जेष्ठ ३, १६: ४५

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७९ जेष्ठ ३, १६: ४५

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...