
नयाँ विकल्प,
काठमाडौं – बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले सात हजार ७५० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर कार्कीले छ हजार ३८३ मत प्राप्त गरे।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक निर्वाचित भए । उनले छ हजार ७१२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका कोपिला पुनले छ हजार ४४७ मत पाए ।
काठेखोला गाउँपालिकामा कांग्रेसले चार, नेकपा एमालेले तीन र राजमोले एक वडा जितेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...