यस्तो छ मन्त्रिपरिषद बैठकको निर्णय – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

यस्तो छ मन्त्रिपरिषद बैठकको निर्णय

नयाँ विकल्प,

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताएका हुन्।

यस्तै सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय समेत गरिएको छ ।

यस्ता छन् निर्णयहरु

– २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय -योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।
-वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६।८ मिलियन -करिब ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने ।
-विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गर्ने ।
-नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने
-सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा नियुक्ति गर्ने ।
-प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समूहको प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने ।
-स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने ।
मिति २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरुमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।
-कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत दिने ।
-वन नियमावली २०७९ स्वीकृत गर्ने ।
-सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
-नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७९ जेष्ठ ९, २१: २५

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७९ जेष्ठ ९, २१: २५

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७९ जेष्ठ ९, २१: २५

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...