
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको भन्दै बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा पुनः मतदान गर्न निर्वाचन आयोग समक्ष माग गरेको छ ।
७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । समग्रमा सोमबार पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा रहेको र पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पु¥याउन सकिने अनुमान राखिएको बताएको छ ।
देशभरका कुल नगरपालिकामध्ये झण्डै ५० प्रतिशतमा कांग्रेसले जितेको भन्दै कांग्रेसले झण्डै आधा ठाउँमा विजय हासिल भएको आधार प्रशस्त रहेको बताएको छ । चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको कांग्रेसले बताएको छ ।
यसले आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधार समेत बनाएको कांग्रेस प्रवक्ता डा। महतले बताए । आउने आम निर्वाचनमा स्पष्ट बहुमत ल्याउने कांग्रेसको लक्ष्य रहेको भन्दै प्रवक्ता डा। महतले भने, ‘गठबन्धनलाई सँगसँगै अगाडि बढाउँछौं ।’
चुनावमा धाँधली भएको र राज्यशक्तिको दुरुपयोग भएको नेकपा एमालेको दाबीको कांग्रेसले खण्डन गरेको छ । बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा भने एमालेले धाँदली गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ ।
उदयपुरको त्रियुगाको एउटा वडामा पनि समस्या रहेको भन्दै तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले बुढीगंगाको चार वडामा धाधली भएकाले तत्काल पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गरे ।
उनले भने,‘व्यापक धाधली भयो । बुथ कव्जा गरेर सुरक्षा निकाय पनि बस्न नसक्ने अवस्था भयो ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...