ललितपुर महानगरको मेयरमा चिरीबाबु र उपमेयरमा एमालेकी मञ्जली विजयी – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

ललितपुर महानगरको मेयरमा चिरीबाबु र उपमेयरमा एमालेकी मञ्जली विजयी

नयाँ विकल्प,

ललितपुर- ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

महर्जनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए ।

उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे ।

निर्वाचित दुवैले परिणाम घोषणा अघि नै विजय जुलुस गरेका छन् । मेयरका उम्मेदवार महर्जन र उपमेयर मञ्जली शाक्य बज्रचार्यले जावलाखेलमा मंगलबार साँझ विजय जुलुस मनाएका हुन् ।

ललितपुर महानगर–१ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेश कुमार महर्जन, ३ मा नेकपा एस का श्रीगोपाल महर्जन, ४ मा नेपाली कांग्रेसका सन्तोष खड्का, ५ मा नेकपा (एमाले) का विकास मान श्रेष्ठ विजयी भएका छन् ।

यस्तै ६ मा कांग्रेसका रुपेन्द्र राज शाक्य, ७ मा कांग्रेसका कुल बहादुर महर्जन, ८ मा कांग्रेसका बाबु रत्न महर्जन, ९ मा कांग्रेसका राजु महर्जन, १० मा कांग्रेसका रविन मान ब्यञ्जनकार, ११ मा कांग्रेसका अरोज कुमार खड्गी विजयी भएका छन् ।

वडा नं १२ मा एमालेका नारायण लाल अवाले, १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी, १४ मा कांग्रेसका अमृत जंग महत, १५ मा एमालेका सुरेश बहादुर साही विजयी भए ।

महानगरको वडा नम्बर १६ मा कांग्रेसका निर्मलरत्न शाक्य, १७ मा एमालेका विनोद महर्जन, १८ मा एमालेका दामोदर खड्का, १९ मा एमालेका राजेन्द्र महर्जन, २० मा कांग्रेसका चन्द्रलाल महर्जन, २१ मा नेकपा (माओवादी केन्द्र) का रविन्द्र महर्जन विजयी भए ।

यस्तै २२ मा एमालेका सागर तुलाधर, २३ मा एमालेका जीवन महर्जन, २४ मा एमालेका दिनेशजंग पाण्डे, २५ मा एमालेका दौलत कुमार खत्री, २६ मा माओवादी केन्द्रका सुरेश महर्जन, २७ मा माओवादीका कृष्णहरि महर्जन, २८ मा कांग्रेसका महर्जन, २९ मा एमालेका गणेश महर्जन विजयी भएका छन् ।

महानगरको २९ वडामध्ये कांग्रेसले ११, एमाले ११, माओवादी तीन, नेकपा एकीकृत समाजवादीले दुई र स्वतन्त्र दुई वडामा विजय भएका छन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ जेष्ठ १०, २२: ३७

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ जेष्ठ १०, २२: ३७

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ जेष्ठ १०, २२: ३७

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...