प्रचण्डलाई मार्न विप्लवले माइन्युट गरेकै हुन् ?
काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाउने घोषणा गर्नु अघिल्लै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टको नाममा केही समुहले लुटपाट मच्चाइ रहेको बताएका थिए ।
उनले विप्लवको नेकपालाई मन्त्रिपरिषद बैठकबाटै प्रतिवन्ध लगाएपछि लुटेरा समूहकै उपमा दिए । तर सत्तारुढ नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने विप्लवलाई लुटेरा भन्ने शब्द प्रयोग गरेका छैनन् ।
सायद अर्को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको शब्दप्रति प्रचण्डलाई मन नपरेको हो कि भन्ने बुझ्न सकिन्छ । दाहालले औपचारिक कार्यक्रममा समेत विप्लव प्रचण्ड बन्न खोजेको भन्दै फरक बाटो समात्न सुझाव दिए ।
उनले विप्लवलाई लुटेरा वा अराजनीतिक संगठनको नेतृत्व गरेको आरोप नलगाइ प्रचण्ड बन्ने प्रयास वा नक्कल नगर्न सुझाव दिएका थिए । पहिलेको जस्तो अहिले ५२ साल नभएको, परिस्थिति बदलिएको, राजसंस्था नरहेको, समावेसी सिद्धान्तको आधारमा राज्य संचालित भएको र आफ्नै सहकर्मीहरु सत्ता रहेको अवस्थालाई समेत बुझ्न आग्रह गरे । राजा ज्ञानेन्द्रले राजा महेन्द्रको नक्कल गर्दा राजसंस्था नै फालिएको उदाहारण प्रस्तुत गर्दै प्रचण्डले आफूले प्रचण्ड बन्न चाहेर नभएको दाबी गरे ।
प्रचण्डले विप्लवको क्रियाकलापमाथि टिप्पणी त गरेका छैनन तर आफ्नै सचिवालयमा सचिव भएर काम गरेको व्यक्तिले आफैले शुरु गरेको जनयुद्धको बाटो पक्रेकोमा चिन्ता छ । त्यसैले उनले औपचारिक कार्यक्रममै भर्ने बिप्लवले मलाई मार्न एक नम्वरमै नाम राख्नु भएको छ रे ।’
प्रचण्डका अनुसार उनलाई यस्तो सूचना विहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका हुन रे । प्रचण्डले आफूलाई मारेर संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेसी राज्यव्यवस्था नटिक्ने दाबी गरे । उनले आफूलाई मारेर परिवर्तन आउने भन्दा पनि परिवर्तन उल्टन सक्ने भन्दै आफ्ना मित्रको त्यस्तो निर्णय गरेको थाहा पाउँदा दया लागेर आएको प्रतिक्रिया दिएका थिए ।
प्रचण्डले दिएको यो अभिव्यक्तिसँगै उनलाई अब आफ्ना अघि र पछि थप सुरक्षाकर्मी प्राप्त गर्ने अवसर मिल्ने भएको छ । सिंहदरबारमा जाँदा होस् कि संसद भवन नयाँबानेश्वर जाँदा होस् वा प्रधानमन्त्री निवास वालुवाटार जाँदा होस प्रचण्डले सुरक्षाको नाममा राखेका सादा पोशाकका कार्मचारीलाई कुदीरहेको गाडी नरोकिँदै ढोका खोलेर ओर्लन लगाइन्छ ।
अनि कुदीरहेको सवारीबाट हामफालेका सुरक्षाकर्मीले प्रचण्डको सवारीको ढोका खोल्ने चलन छ । सिंहदरबार, संसद बैठक परिषर नयाँवानेश्वर र बालुवाटारमा दुईदेखि तीन तहको सुरक्षा व्यवस्था छ तर उनलाई संसद भवनको मूल ढोकामा जाँदा समेत एक दर्जन सुरक्षाकर्मीले घेरा हाल्ने गर्छन जब कि त्यहाँ सांसद र मर्यादापालक वाहेक छेउ छाउमा कोहीनै हुँदैनन् ।
यसरी आफूलाई भीभीआईपी भएको र अगाडि पछाडी धेरै सुरक्षाकर्मी कुदाएको हेर्ने प्रचण्डको सौखका कारण आफूलाई हत्या गर्न खोजिएको भन्दै सार्वजनिक गर्न खोजिएको त होइन भन्ने गृहमन्त्रालय स्रोतलाई आशंका उब्जाएको छ ।
सर्वोच्च अदालतका तत्कालिन कार्यममुकायम प्रधानन्यायाधिश दीपकराज जोशीको प्रधानन्यायाधिशमा सिफारिस भएपछि सुनुवाईका क्रममा सुनुवाई समितिकी सदस्य निरुदेवी पालले यस्तै फण्डा गरेकी थिइन । उनले आफूलाई जोशीको नाम सुनुवाई समितिबाट पास गर्ने बेलामा असहमति राखे सिध्याइदिने भन्दै डेरा नजिक एक अपरिचित व्यक्तिले पेस्तोल ताकेको बताएकी थिइन ।
तर उनको त्यो दाबी अझै प्रहरीले प्रमाणीत गर्न सकेको छैन् । प्रहरीले सांसदलाई गोली हानेर मार्ने धम्की दिने शंकास्पद व्यक्तिको खोजीको क्रममा राजधानीबाट करिव एकसय पचास वढी युवा र शंकास्पद भन्दै व्यक्तिलाई प्रक्राउ गर्यो । त्यतिका युवालाई प्रहरीले दुख दियो तर त्यो घटना सत्य थियो वा बनावटी भन्ने अझै पनि प्रहरीले पत्ता लगाउन सकेको छैन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...