नीति तथा कार्यक्रममा राम्ररी हेरौँ लिम्पियाधुरा र लिपुलेक मात्र हैन, पुरै सीमा विवाद राखिएकोको नेता सिंहको जिकीर – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

नीति तथा कार्यक्रममा राम्ररी हेरौँ लिम्पियाधुरा र लिपुलेक मात्र हैन, पुरै सीमा विवाद राखिएकोको नेता सिंहको जिकीर

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताएका छन् ।

उनले नीति तथा कार्यक्रममा लिम्पियाधुरा र लिपुलेकको मात्र नभएर पुरै सीमा विवादको कुरा उठाएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको जानकारी दिएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे नीति तथा कार्यक्रम मौन बसेको आरोप लगाएका थिए । त्यसपछि बोलेका एमालेका सांसदहरूले पनि नीति तथा कार्यक्रमले सीमा विवादबारे मौन बसेको आरोप लगाए ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ १२, २०: ५३

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ जेष्ठ १२, २०: ५३

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ जेष्ठ १२, २०: ५३

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...