प्रवक्ता शर्माविरुद्ध मोर्चाबन्दी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रवक्ता शर्माविरुद्ध मोर्चाबन्दी

बिप्लवलाई प्रतिवन्ध लगाउने सरकारी निर्णय अपरिपक्व भएको टिप्पणी गरेका शर्माले आफ्नै भाई गोत्रको असन्तुष्टीलाई सम्बोधन गर्न नसक्नु सरकारको अकर्मण्यता भनि टिप्पणी गरेका थिए ।

पार्टी संस्थापन पक्षका भनेर चिनिएका सभापति पत्नी डा. आरजु राणा र केन्द्रीय सदस्य किशोरसिंह राठौर लगायतको कडा बिरोधका बाबजुद एक बर्षअघि प्रवक्ता नियुक्त भएका
शर्मालाई प्रवक्ताबाट हटाउन देउवालाई दबाब बढ्न थालेको छ ।

प्रवक्ता शर्माले मिडियासँग गरेको डिल र सूचना प्रवाहबाट अत्तालिएका सभापति देउवा निकटका नेताहरु शर्माले आफ्नो राजनीतिक उचाई वढाउँदै लगेर आफूहरुलाई नै माईनस गर्ने हो कि भन्ने त्रासका कारण शर्मालाई हटाउने अभियानमा लागेको स्रोतले बतायो ।

तर पनि प्रवक्ता शर्मा आफूबिरुद्ध हुने जुनसुकै हर्कत र षडयन्त्रलाई चिरेर समसामयिक राजनीतिक बिषयमा पार्टीको धारणा सार्वजनिक गर्न र नेताहरुबीच बेमेल जस्तो देखिएको विषयमा मध्यमार्गी धारणा सार्वजनिक गर्दै आएका छन् । शर्मालाई प्रवक्ताबाट हटाएमा आफूनै प्रवक्ता बन्न पाइने दाउमा अन्य नेता लागेको थाहा भएको छ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ चैत्र ४, ०८: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ चैत्र ४, ०८: ०७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ चैत्र ४, ०८: ०७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...