गृहमन्त्रीद्वारा सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

गृहमन्त्रीद्वारा सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन


नयाँ विकल्प,

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सुन्दर हरिजन मृत्युप्रकरण छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको छानबिन गर्न खाँणले समिति गठन गरेका हुन् ।

रोल्पा कारागार कार्यालयमा जेठ ४ मा कैदीका रूपमा सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको भनिएको घटना सम्बन्धमा स्थलगतरूपमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको छ । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७९ जेष्ठ १७, २२: १७

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७९ जेष्ठ १७, २२: १७

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७९ जेष्ठ १७, २२: १७

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...