स्वास्थ्य क्षेत्रको सुधारका निम्ति कटिबद्ध भएर काम गरिरहेको मन्त्री खतिवडाको जिकीर – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

स्वास्थ्य क्षेत्रको सुधारका निम्ति कटिबद्ध भएर काम गरिरहेको मन्त्री खतिवडाको जिकीर


नयाँ विकल्प,

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका निम्ति कटिबद्ध भएर काम गरिरहेको बताएका छन् ।

बुधबार आयोजित मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रयासरत रहे पनि सरकार एक्लैले मात्रै सुधार गर्न गाह्रो हुने बताउँदै सहयोगका निम्ति सबैलाई आग्रह समेत गरे ।
उनले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

समाजका अध्यक्ष गुरुङले मञ्चले आगामी दिनमा व्यक्तिगत स्वार्थ र कुनै पनि राजनीतिक भावनाभन्दा माथि उठेर विशुद्ध सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ जेष्ठ १८, २१: २१

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ जेष्ठ १८, २१: २१

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ जेष्ठ १८, २१: २१

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...