मुद्रासम्बन्धी कसुरमा थुनामा परेका फोटोग्राफर दुर्लभलाई साउथ एसिया फाउण्डेसनले सहयोग गर्ने – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

मुद्रासम्बन्धी कसुरमा थुनामा परेका फोटोग्राफर दुर्लभलाई साउथ एसिया फाउण्डेसनले सहयोग गर्ने


नयाँ विकल्प,


काठमाडौं – विगत सात महिनादेखि झापाको जेलमा मुद्रासम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीले सहायता पाउने भएका छन् ।
२४ वर्षिय चौधरीलाई साउथ एसिया फाउण्डेसन संस्थाले कानुनी, प्रशासनिक र आर्थिक सहायता गर्ने भएको छ ।
फाउन्डेसनका महासचिव राहुल बरुवा फोटोग्राफर चौधरीलाई आवश्यक सहयोग अर्थात् कानुनी, प्रशासनिक र आर्थिक सहयोग गर्न नेपाल आइपुगेका हुन् ।
ब्लगर चौधरी कोलकाताबाट झापा हुँदै काठमाडौं आउने क्रममा अमेरिकी डलरजस्तो देखिने नक्कली नोटसहित पक्राउ परेका थिए ।
महासचिव बरुवाले आपराधिक मनसाय नभएकाले चौधरी परिस्थितिजन्य दुर्घटना परेका बताएका छन् । चौधरीले नेपाल प्रहरीले झूटा बकपत्रमा हस्ताक्षर गराएको बताउँदै आएका छन् ।

आफुले फोटोग्राफीका लागि ल्याएको क्यामेरा बरामद मुचुल्कामा नदेखाएर प्रहरीले फसाउन खोजेको आरोपीको भनाइ छ ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७९ जेष्ठ १८, २२: ५८

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७९ जेष्ठ १८, २२: ५८

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७९ जेष्ठ १८, २२: ५८

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...