विश्व बजारको मागअनुरूप गुणस्तरीय उच्च शिक्षाका लागि सरकार प्रयासरत रहेको प्रधानमन्त्रीका जिकीर – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

विश्व बजारको मागअनुरूप गुणस्तरीय उच्च शिक्षाका लागि सरकार प्रयासरत रहेको प्रधानमन्त्रीका जिकीर


नयाँ विकल्प
,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुरूपको गुणस्तरीय उच्च शिक्षा देशभित्र उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

उनले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्न विश्व बजारको माग अनुसार शिक्षा दिनुपर्ने बताएका छन् ।
काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशभभित्र नै सीपमूलक शिक्षा विकास गरी विकास निर्माणका कार्यहरूमा स्वदेशी दक्ष जनशक्तिको उपयोग गर्नुपर्ने बताए ।

युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुरूपको गुणस्तरीय उच्च शिक्षा देशभित्रै प्राप्त गर्नसक्ने वातावरण निर्माण गर्नेतर्फ जोड दिनुपर्ने उनबको भनाई छ ।

देउवाले काठमाडौं विश्वविद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय उच्च शिक्षाको प्रवद्र्धन गर्न अग्रणी भूमिका निर्वाह गर्दैआएको बताउँदै विश्वविद्यालयबाट उत्पादित गुणस्तरीय जनशक्ति उत्पादन गरी विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति पूरा गर्दैआएको दावी गरे ।

विश्वविद्यालयको पाँचखालमा मुलुकको आवश्कताअनुरुपको कृषि शिक्षा र समयको मागअनुसार आर्टीफिसियल ईन्जिनियरिङ कार्यक्रम शुरु भएकोमा खुसी भएको बताए ।

प्रधानमन्त्री देउवाले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरेर केयूले उच्च शिक्षाका लागि वर्षेनी विदेशिने गरेको विदेशी मुद्रालाई मुलुकभित्रै सञ्चित राख्न सहयोग पुर्याएको बताए ।

उनले विश्वविद्यालयले बौद्धिक जनशक्तिको पलायन रोक्न, सीपयुक्त जनशक्ति विकासमा ह्रास आउन नदिन तथा परिवर्तित युगसुहाउँदो शैक्षिक, वैज्ञानिक चेतनाको विकास कार्यमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ २०, २०: ४१

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ जेष्ठ २०, २०: ४१

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ जेष्ठ २०, २०: ४१

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...