प्रधानमन्त्री र सभामुखबीच छलफल – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

प्रधानमन्त्री र सभामुखबीच छलफल

नयाँ विकल्प,

काठमाडौं – जारी संसद अधिवेशको अन्त्य र त्यसअघि प्रतिनिधि सभाले गर्नुपर्ने कार्यका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्र्रसाद सापकोटाबीच छलफल भएको छ ।

आइतबार बालुवाटारमा भएको छलफलमा बजेट पारितपछि आवश्यक विधेयहरु बैठकमा पेस गर्ने नगर्ने र पेस भएका विधेयहरुलाई कसरी अगाडी बढाउने भन्नेबारे छलफल भएको बताइएको छ ।

आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचन गराउनका लागि संसद अधिवेशलनलाई लामो वा छोटो समयमसम्म राख्दा उचित हुन्छ भन्दै प्रधानमन्त्रीले सभामुखसँग राय लिएका छन् ।

अपरान्ह प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका सभामुख सापकोटाले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्व चयन र नागरिकतालगायत विचाराधीन विधेयकहरु तथा उपसभामुख चयनका विषय उठाएका थिए ।

प्रधामन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार समिति सभापति चयन सहज भएपनि उपसभामुख र नागरिकता विधेयकका विषयमा दलहरुबीच सहमति हुनुपर्ने धारण प्रधामन्त्री देउवाले राखेका छन् ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७९ जेष्ठ २२, २१: २४

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७९ जेष्ठ २२, २१: २४

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७९ जेष्ठ २२, २१: २४

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...