
नयाँ विकल्प,
काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फोहोर फाल्न नदिएर गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरिहँदा संसद बैठकमा सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापा सिसडोलमा लाग्ने अरबौं खर्चको हिसाब सुनाइरहेका थिए । सोमबार मात्रै दुई पक्षमा सहमति भएको भन्दै मंगलबार बिहानदेखि फोहोर उठाउन सुर गरिएको थियो ।
फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको हो । यो प्रक्रिया आज मात्रै चलेको हैन, विगतदेखि यसरी नै अवरुद्ध हुँदै आएको हो । तर, स्थानीयको माग पुरा गर्न सरकार तयार नदेखिएको भन्दै सधै अवरोध भइरहेको छ । जसको दुखेसो थापाले संसदमा पोखेका छन् ।
धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गर्दा धेरै स्थानीय घाइते पनि भएका छन् । प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई शान्तिपूर्ण आन्दोलन गरेको भन्दाभन्दै आएर धरपक्कड गरेको स्थानीय बताउँछन् ।
सुरक्षाकर्मी स्थानीय महिलामाथि घरभित्रै छिरेर हातपात भएको र लुगासमेत च्यातिएको उनीहरु बताउँछन् । प्रहरीले घरघरमै पुगेर स्थानीयबासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको बताएका छन् । तर, सांसद भने हिसाबकिताब र एकअर्कालाई आरोप लगाउनमै व्यस्त छन् ।
उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्लाई जानकारी गराइदिन पनि शहरी विकास मन्त्रीलाई आग्रह गरे । नेता सांसदले फोहोर व्यवस्थापनमा शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको प्रशंसाप्रति इशारा गर्दै स्थानीयको मर्का बुझ्न आग्रह गरे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...