यस्ता छन् मन्त्रिपरिषद बैठकको २२ निर्णय – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

यस्ता छन् मन्त्रिपरिषद बैठकको २२ निर्णय

नयाँ विकल्प,

काठमाडौं – सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी गृहमन्त्री बालकृष्ण खाणले आज सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ ।

‘सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ ।
मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ २४, २०: ५२

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ जेष्ठ २४, २०: ५२

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ जेष्ठ २४, २०: ५२

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...