
नयाँ विकल्प,
काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताएका छन् ।
परराष्ट्र मन्त्रालयको आयोजनामा ‘नेपालको परराष्ट्र नीतिः विगत वर्तमान र भविष्य’ विषयमा आज पहिलो पटक सञ्चालित ‘प्राध्यापक यदुनाथ खनाल प्रवचन शृङ्खला’मा सम्बोधन गर्दै मन्त्री डा खड्काले नेपालले छिमेकी र अन्य मुलुकसँग सोही आधारमा मैत्रीपूर्ण र असल सम्बन्ध विकास गर्दै आएको स्पष्ट गरे ।
उनले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस–युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा देखिएका साझा चुनौतीको सहकार्यमूलकरूपमा सामना गर्नुको विकल्प नरहेकामा जोड दिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...