ओलीसहित नेकपाका नौ नेता पक्राउ पर्दा विप्लवलाई झड्का – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

ओलीसहित नेकपाका नौ नेता पक्राउ पर्दा विप्लवलाई झड्का

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली‘सुदर्शन’ सहित ९ नेतालाई नेपाल प्रहरीको विशेष व्युरोले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेपछि विप्लवलाइ झड्का लागेको छ ।

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओलीसबैभन्दा ठूला नेता हुन् । ओलीले सम्हालेको मध्यकमाण्डमा अहिलेसम्म यतिधेरै नेता पक्राउ परेको पहिलो घटना हो । कमाण्ड इन्चार्ज ओलीनै पक्राउ परेपछि विप्लव नेतृत्वको पार्टी नेकपालाई ठूलो धक्का लागेको प्रहरीको विश्लेषण छ । सरकारले वलीको पक्राउलाई उपलब्धी ठानेको छ ।

तर, यो घटनाले विप्लव नेतृत्वको नेकपाको गतिविधिमा कति अबरोध आउँछ त्यसले नै जनाउने छ । प्रहरीले काभ्रेबाट बा १७ च ४८९३ नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ९ नेतालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का छन् ।

प्रक्राउ परेका सबै नेतालाई काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याइएको थियो । प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रे जिल्लाभरी सर्च अपरेशन गरेको थियो । तर, प्रहरीलाई छक्याउँदै भाग्न सफल भएका ओलीअन्तत चार नेता कार्यकर्तासहित शुक्रबार पक्राउ परेका थिए । प्रहरीले विगत ११ दिनदेखि वलीको खोजीमा काभ्रेमा सर्च अभियान शुरु गरेको थियो ।

बम विस्फोट लगायतका हिंसात्मक गतिविधि बढाएपछि मन्त्रिपरिषद्बाटै २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका वलीले नै १० फागुनमा नख्खुमा भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए । त्यसैवेला उनी प्रहरीको नजरमा परेका थिए । तर, कल डिटेलले उनलाई उपत्यकाबाहिर देखाएपछि विप्लवका पूर्व अंगरक्षक सूर्य भुजेल पक्राउ परेका थिए ।

फागुन २८ गते विप्लव समुहको नेकपालाई सरकारले प्रतिवन्ध लगाएपछि वली फेरि प्रहरीको ‘हिट लिस्ट’मा परेका थिए । चैत पाँच गते वलीलाई पछ्याउँदै काभ्रे लागेको प्रहरी टोली काफलडाँडासम्म पुगेको थियो । तर, चार जना पक्राउ पर्दा उनी भाग्न सफल भए ।

काफलडाँडाको सर्चअघियायनको तेश्रो दिन मात्र शनिबार बिहान काभ्रेकै खानीखोलाको मिल्चेबाट वलीसहित ९ पक्राउ परेका हुन् । ‘काफलडाँडा’ अपरेशन गर्दा वलीको चश्मा र औषधिमात्रै प्रहरीले भेटाएको थियो । काभ्रेको विगट क्षेत्र मानिएको डाँडापारीमा सेल्टर बनाएर बसेको सूचनाका आधारमा प्रहरीले शुक्रबार त्यसै तफै प्रहरी परिचालन गरेको थियो ।

मोटरसाइकलमा र दुईवटा बोलेरो तथा एउटा भ्यानमा खटिएको प्रहरी टोलीले वलीको स्कर्पिओलाई घेरा हालेको थियो । पक्राउ पर्नेमा वलीसहित विप्लव समूहका पूर्वी ताम्सालिङका इन्चार्ज विजय श्रेष्ठ र रौतहट इन्चार्ज शंकर अधिकारी पनि पक्राउ परेका छन । रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्र्की, देव घिमिरे र लोकेन्द्र खड्का भने तल्लो लेवलका कार्यकर्ता रहेको बुझिाएको छ ।

पक्राउ परेका धर्मराज राजबाहक बा १७ च ४८९३ नम्बरको स्कर्पिओ चालक भएको बुझिएको छ । वली विप्लव नेतृत्वको नेकपाको तेश्रो वरियताको नेता हुन् । २३ साउनमा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ पर्दा समूहको आन्तरिक योजनासहितको महत्वपूर्ण दस्तावेज प्रहरीको हातमा पुगे जस्तै वेलीको प्रक्राउपछि उनले महत्वपूर्ण सूचना चुहाएमा वा प्रहरीले महत्वपूर्ण दस्तावेज फेला पारेमा विप्लव समुह कमजोर हुने देखिन्छ ।

ओलीले बीबीसी नेपाली सेवासँग बम विस्फोट आफूहरुले गराएको स्वीकारेका थिए । बम बिस्फोटनको जिम्मासमेत लिइसकेको अवस्थामा अब प्रहरीले सोही प्रमाणका आधारमा वलीविरुद्ध विष्फोटक पदार्थ र ज्यान सम्बन्धी कसुर अन्र्तरगत मुद्दा चलाउन सक्ने देखिन्छ । वली उच्च रक्तचाप र चिनीरोगका बिरामी थिए । दिनमा ३ पटक उनले औषधि लिनुपथ्र्यो । यसका लागि उनी आफै वा कार्यकर्तालाई औषधि किन्न पसल पठाउनु पर्दथ्यो ।

हाल विप्लव समूहको मध्य कमाण्डका इञ्चार्ज रहेका वली आफूलाई दार्शनिक नेता भन्न रुचाउँछन् । किताव र लेखहरु लेखिरहने उनी सरल जीवनशैलीका सोझा तर अध्ययनशील नेता मानिन्छन । माओवादी सशस्त्र द्वन्द्वका समयमा उनी पार्टीको पोलिटब्यूरो सदस्यका साथै राप्ती ब्यूरो इञ्चार्जसमेत भए ।

उनी ०५४ सालदेखि माओवादीको केन्द्रीय कमिटीमा पुगेका हुन । माओवादीले जनयुद्ध सुरु गर्दा उनी रुकुमको पार्टी प्रमुख थिए । वली माओवादीका युवा पुस्ताका सिनियर नेतामध्येका हुन् । जनार्दन शर्मा, नन्दकिशोर पुन पासाङ, लोकेन्द्र विष्ट, देवेन्द्र पौडेल, वर्षमान पुन, टोपबहादुर रायमाझी र नेत्रविक्रम चन्दकै समकालीन नेताका रुपमा ओलीलाई लिइन्थ्यो ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७५ चैत्र ११, ०८: ०६

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७५ चैत्र ११, ०८: ०६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७५ चैत्र ११, ०८: ०६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...