नेकपा एमाले सचिवालय बैठक भोलि बस्ने – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

नेकपा एमाले सचिवालय बैठक भोलि बस्ने

नयाँ विकल्प,

कठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत एजेण्डा तय गरेको छ ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ जेष्ठ २९, २१: ११

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ जेष्ठ २९, २१: ११

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७९ जेष्ठ २९, २१: ११

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...