विनियोजन विधेयक शीर्षकमा सम्बन्धित मन्त्रीहरुले भोलि जवाफ दिने – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

विनियोजन विधेयक शीर्षकमा सम्बन्धित मन्त्रीहरुले भोलि जवाफ दिने

नयाँ विकल्प,

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । आइतबार बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ ।
यही जेठ ३० गतेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७९ जेष्ठ २९, २२: २५

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७९ जेष्ठ २९, २२: २५

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ जेष्ठ २९, २२: २५

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...