मध्यरातमा कर परिवर्तन नभएको अर्थ मन्त्रालयको दावी – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

मध्यरातमा कर परिवर्तन नभएको अर्थ मन्त्रालयको दावी


नयाँ विकल्प,

काठमाडौं – अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माले बजेट तयारीका क्रममा मध्यरातमा करको दररेट परिवर्तन नगरेको बताएको छ । करका दर परिवर्तन भएको भन्ने समाचार गलत भएको भन्दै मन्त्रालयले विज्ञप्तीमार्फत त्यसको खण्डन गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै यसमा कुनै सत्यता नभएको र षडयन्त्रमूलक ढंगले बदनाम गराउने नियतले आएको बताएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएपछि उनको राजिनामाको चर्चा चलेको थियो ।

एक सञ्चारमाध्यमले बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार प्रकासित गरेपछि यस विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको थियो । बैठकमा एमाले सांसद भट्टराइले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैका ध्यानाकर्षण हुनुपर्ने दावी माग गरेका थिए ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्बन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधि भित्र गरिएको छ । निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरूको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरू प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०७९ जेष्ठ ३०, २०: ५१

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
  • २०७९ जेष्ठ ३०, २०: ५१

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन...

मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
  • २०७९ जेष्ठ ३०, २०: ५१

काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले...