
नयाँ विकल्प,
काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलाशमा भएको सुनुवाई नटुंगिएपछि सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाईको मिति तोकेको हो ।
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाई गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाईको मिति तोकिएको हो ।
तत्कालीन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धीरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको लगाउमा (एकै ठाउँमा) राखेर सुनुवाई भइरहेको छ। सुरुमा एआईजी सिफारिसविरुद्धको रिटमा बहस भइरहेको थियो ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...