लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन किटानी जाहेरी – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन किटानी जाहेरी

नयाँ विकल्प,

बुटवल – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मिनाले बेडरुममै गएर कुटपिट गरेको बताएकी छन् ।

प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाई छ ।

त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।

उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७९ जेष्ठ ३१, २०: ३०

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७९ जेष्ठ ३१, २०: ३०

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ जेष्ठ ३१, २०: ३०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...