
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगर विमानस्थल बिस्तार गर्न अधिग्रहण गरेको स्थानीयको जग्गाको मुआब्जा दिन र नदिने भए जग्गामाथि लगाइएको रोक तत्काल फुकुवा गरिदिन सरकारसंँग आग्रह गरेका छन् ।
कोइरालाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले दुई बर्षदेखि विराटनगर महानगरपालिका वडा नम्बर ४ मा रहेको घरजग्गा खरिद तथा बिक्री गर्न र तथा बैंकिङ कारोबारमासमेत रोक लगाउँदा स्थानीयलाई समस्या भएको भन्दै सरकारसँग गाठो फुकाउन आग्रह गरेका हुन् ।
विराटनगर विमानस्थल विस्तारका लागि स्थानीयको जमिन रोक्का गरेको लामो समय बित्दा पनि जग्गा अधिग्रहण र मुआब्जा निर्धारण प्रक्रिया अगाडी बढेको छैन् ।
विमानस्थलको १२२ विघा क्षेत्रफलको चारैतर्फ १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गरी २४८ दशमलव ४६ बिघा जमिन पुर्याउने सरकारी योजना छ । यसका लागि विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवारको १ हजार ४ सय कित्ता जमिन विमानस्थलले रोक्का गरेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...