अर्थमन्त्री शर्माले मेरो मन्त्रालयको साढे १० अर्ब बजेट काटेर लगेको मन्त्री आले भनाइ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अर्थमन्त्री शर्माले मेरो मन्त्रालयको साढे १० अर्ब बजेट काटेर लगेको मन्त्री आले भनाइ

नयाँ विकल्प,

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट अर्थमन्त्री जनार्दन शर्माले नसोधी कटौती गरेको आरोप लगाएका छन् । उनले आफ्नो मन्त्रालयबाट काटिएको बजेट केमा र केका लागि खर्च गर्न लागिएको हो भन्ने समेत आफुले थाहा नपाएको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले कार्यक्रम धेरै भएको र कोरोना माहामारीका कारण यसपटक आफ्नो मन्त्रालयलाई बढी बजेट चाहिने भन्दा भन्दै र गत वर्षको भन्दा नघटाउन पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको बताए ।

बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित भएको भन्दै उनले बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिनु राम्रो नभएको बताए । मन्त्री आलेले अथमन्त्रीले पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारै नभएको जस्तो व्यवहार गरेकोमा आक्रोस पोखे ।

बजेटको आकार ९. ८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ । मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १, २१: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १, २१: ३८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ असार १, २१: ३८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...