भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.सहस्रबुद्धे र प्रधानमन्त्रीबिच शिष्टाचार भेट – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.सहस्रबुद्धे र प्रधानमन्त्रीबिच शिष्टाचार भेट

नयाँ विकल्प,

काठमाडौं- भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धे नेपाल भ्रमणमा आएका छन् । जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमण रहेका सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् ।
भ्रमणका क्रममा सहस्रबुद्धेले आज अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भएका हुन् ।

जारी ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको सहभागिता थियो । आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेका नेपालीहरु सहित अन्य नेपाली विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग डा. सहस्रबुद्घेले कुराकानी गरेका छन् ।

पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे ।
यस सम्बन्धमा आइसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे छलफल गर्न डा. सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र(सिनास)का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७९ असार १, २२: २२

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७९ असार १, २२: २२

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७९ असार १, २२: २२

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...