एसपीपी केपी ओलीले बढाएको बामदेव गौतमको जिकीर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एसपीपी केपी ओलीले बढाएको बामदेव गौतमको जिकीर

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रियसभाका सांसद तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले अहिले विवादमा ल्याइएको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको बताएका छन् ।

उनले तत्कालिन शुशील कोइराला नेतृत्व सरकारले एसपीपीको विषय अघि बढाउने काम नगरेको उनको भनाई छ । तत्कालिन कोइराला नेतृत्वमा रहेको सरकारको उपप्रधानमन्त्रीसमेत रहेका सांसद गौतमले राष्ट्रियसभा बैठकमा एसपीपीलाई कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने संसदमा उठाएपछि आफुले वास्तविकताको खोजी गर्दा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको भेटिएको बताए ।

उनले यसको सुरुवात कोइरालाको सरकारले गरेको भएपनि पत्र पठाउने स्वीकृत नदिएको र यसका लागि पहल समेत नगरेको बताए ।गौतमले सरकार परिवर्तन भएको एकमहिना नकट्दै तत्कालिन प्रधानमन्त्री ओली यसलाई अघि बढाउन अनुमति दिएपछि सेनाले पत्राचार गरेको दावी गरे ।

उनले अध्यक्ष ओलीलाई सत्य बताएर विवाद नबढाउन सुझाव दिए । सही कुरा गर्दा ओलीको कुनै पनि विगार नहुने भन्दै संसदमा आएर स्वीकार गर्न आग्रह गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार ३, २१: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ असार ३, २१: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार ३, २१: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...