फोरम र राजपा एकता हुँदा सरकारको दुइ तिहाई धरापमा – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

फोरम र राजपा एकता हुँदा सरकारको दुइ तिहाई धरापमा

काठमाडौं । स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले अर्को मधेश केन्द्रीत दल राजपासँग पार्टी एकीककरण गर्ने संकेत दिएको छ । उसले केपी ओली नेतृत्व सरकार छाड्ने बिषय महत्वपूर्ण नहुने भन्दै राजपालाई जवाफ पठाएको छ ।

फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिने लगायत विषयमा टुंगोमा पुग्ने भन्दै सरकारको सहभागिता महत्वपूर्ण नभएको जनाइएको छ ।

फोरम अध्यक्ष यादवले कोही सरकार र कोही प्रतिपक्षमा भएको कारण एकीकरणमा अवरोध हुनुहुँदैन । यो नीतिगत सवाल नभई रणनीति या कार्यनीतिक सवाल मात्र हो भन्दै समयसापेक्ष आफूहरु चल्न सक्ने बताएका छन् । दुई पार्टीबीच एकीकरण हुनासाथ सरकार र विपक्षमा कहाँ रहेर काम गर्ने, कस्तो भूमिका निर्वाह गर्नेजस्ता विषयमा एकतापछि गठन हुने एकीकृत पार्टीले निर्णय गर्ने यादवले विश्वास दिलाएका छन् ।

राजपाले यसअघिनै फोरमलाई पत्र लेखेर ओली नेतृत्वको सरकारबाट बाहिरिएर एकताको वातावरण बन्ने संकेत दिएको थियो । राजपाले वर्तमान राजनीतिक स्थितिमा केन्द्रीय राजनीतिको दुई धु्रव सत्तापक्षीय र प्रतिपक्षीय पार्र्टीमा रहेको दुई पार्टीबीच कसरी एकता हुन्छ ? भनी प्रश्न गरेको थियो ।

राजपाले फोरमलाई लेखेको चिठीमा यथास्थितिवादी पार्टीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्न पुग्नेगरी दुई तिहाइको संसदीय गणितलाई ग्यारेन्टी गर्ने काम गरिरहेको अवस्थामा कसरी एकीकरण हुन्छ भनी प्रश्न गरेको थियो ।

फोरमले राजपालाई पठाएको पहिलो चिठ्ठीमा सत्तारूढ नेकपा र नेपाली कांग्रेसलाई यथास्थितिवादी पार्र्टी भन्दै मुलुकलाई परिवर्तन आभास गराउन दुई पार्र्टी एक हुन आवश्यक रहेको जनाइएको थियो । फोरमले नेकपालाई यथास्थितिवादी पार्र्टी भनी संज्ञा दिएकोमा राजपाले पनि फोरमलाई यथास्थितिवादी पार्टीलाई किन मलजल गरिरहेको भनी प्रश्न गरेको थियो । राजपाले पनि ‘साहसिक निर्णय गर्न भनी फोरमलाई आग्रह गर्नुको तात्पर्य सरकार छाड्न आग्रह गरिएको बताएका छन् ।

राजपा र फोरमले एक–अर्कोलाई पठाइएका चिठ्ठीलाई दुवै पार्टीका नेताहरूले ‘अत्यन्त गोप्य’ राखेका छन् । पार्टी एकीकरणका लागि राजपासँग वार्ता गर्न फोरमले पार्र्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा र राजपाले राजेन्द्र महतोको संयोजकत्वमा पाँच–पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । फोरमले गठन गरेको वार्ता टोलीमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसाह यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव इस्तियाक राई रहेका छन । यसैगरी राजपाले गठन गरेको वार्ता टोलीमा बृषेशचन्द्र लाल, केशव झा, सुनिल रोहित र रमेश यादव रहेका छन ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७५ चैत्र १३, १०: १४

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७५ चैत्र १३, १०: १४

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७५ चैत्र १३, १०: १४

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...