काठमाडौं । कांग्रेस सभपाति शेरबहादुर देउवाले १३औं महाधिवेशनबाट सभापति जितेको तीन बर्षपछि र पार्टी बिधानलाई केन्द्रीय कार्य समितिले पारित गरेको एक महिनापछि आएर तीन समिति गठन गरेका छन् । पार्टीको बिधान अनुसार योग्य र क्षमतावानलाई भन्दा पनि सहमतिको आधारमा व्यक्ति छनोट गरी समिति गठन गरेका छन् ।
सहमतिको नाममा गुटगत सिफारिसमा नै दुई ति समितिहरु गठन भएका हुन् । पार्टीले संस्थागतभन्दा पनि गुटगत व्यवहारका कारण बिधान बमोजिम जीवित रहेको अनुशासनलाई भंग पनि नगरी अर्को अनुशासन समिति बनाइएको छ । २०७४ सालमा केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरिएको थियो । तर त्यो समिति भंग नै नगरी कांग्रेस सभापति देउवाले गुटगत भागबण्डा गरी पुन अनुसासन समिति बनाएका हुन् ।
समितिको सभापतिमा भीष्मराज आङदम्वे चयन भएका छन् भने सदस्यहरुमा सभापति देउवा निकटका समानुपातिक सांसद किशोर सिंह राठौर र देवेन्द्रराज कडेल छन भने नेता रामचन्द्र पौडेलको सिफारिसमा धनराज गुरुङ र नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा उमाकान्त चौधरी सिफारिस भएका थिए । चौधरी यसअघिको रमेश रिजालको समितिमा पनि सदस्य थिए ।
सभापति देउवाकी पत्नी डा. आरजु राणा देउवाको दबाबमा छानबिन नै नगरी कैलाली क्षेत्र नम्वर ६ का एक सय बढी नेता कार्यकर्तालाई तत्काल निलम्बन गर्न भनेपछि रिजाल संयोजकत्वको समिति कामबाट पछि हटेको थियो । संघिय संसदको निर्वाचनअघि स्थानीय तहको निर्वाचनमा अनुशासन विपरित क्रियाकलाप गरेकालाई कारबाहीको माग गर्दै परेका उजुरीमध्ये तीन सय जनामाथि प्रष्टीकरण समेत सोधिएको थियो ।
त्यस्तै, केन्द्रीय निर्वाचना समितिमा भने बरिष्ठ नेता रामचन्द्र निकटका राधेश्याम अधिकारीलाई नियुक्त गरिएको छ । यसअघि पनि अधिकारी नै संयोजक थिए । निर्वाचन समिति सदस्यहरुमा संस्थापन पक्षकै सिफारिसमा खम्बबहादुर खाति परेका छन् भने रामचन्द्र पौडेलको सिफारिसमा भने सिताराम केसी परेका छन् । त्यस्तै, पौडेल र सिटौलाको संयुक्त सिफारिसमा गोपालकृष्ण घिमिरे परेका छन् भने देउवाको सिफारिमा खासै गुटगत पक्ष र विपक्षमा नउभिएका एकराज पोखरेल निर्वाचन समिति सदस्यमा मनोनित भएका छन् ।
गत पुस ८ गते काठमाडौंमा सम्पन्न महासमिति बैठकको निर्णय र केन्द्रीय कार्य समितिको फागुन १२ गतेको बहुमतको निर्णयबाट पारित पार्टीको बिधान बमोजिम नियमावली बनाउन पाँच सदस्यीय नियमावली मस्यौदा समिति समेत गठन भएको छ ।
यो समितिको संयोजकमा देउवानिकटका केन्द्रीय सदस्य रमेश लेखक संयोजक तोकिएका छन् भने सदस्यमा संस्थापन पक्षबाटै मीन विश्वकर्मा र इश्वरी न्यौपाने परेका छने भने नेता रामचन्द्र पौडेलको गुटबा जीवन परियार परेका छन् । नेता कृष्णप्रसाद सिटौलाको गुटबाट भने केन्द्रीय सदस्य प्रदीप पौडेल परेका छन् । नियमावली मस्यौदा समितिका संयोजक लेखक र सदस्य पौडेल यसअघि पार्टीले गठन गरेको बिधान संशोधन मस्यौदा समितिको समेत सदस्य थिए ।
पार्टीको नियमावली बनेपछि मात्र बिधान बमोजिमको सदस्यता वितरण बुथ समिति गठन, प्रदेशसभा निर्वाचन क्षेत्र समिति अधिवेशन र प्रदेश कार्य समिति गठनको बाटो खुल्ने छ । कांग्रेसको महाधिवेशन अन्य अवस्था यथावत रहेकामा आगामी एक बर्षभित्र भइसक्नुपर्ने छ ।
विधान पारित गर्दा सभापति देउवाले बहुमतको आधारमा निर्णय गराएको भन्दै नेताहरु पौडेल र सिटौलाले अनुशासन समिति र निर्वाचत समिति पनि बहुमतको आधारमा निर्माण गरिए केन्द्रीय कार्य समिति बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । पौडेल र सिटौलाको चेतावनी र धम्कीपछि देउवा दुवै नेताको सहमतिमा तीन समिति गठन गर्न राजी भएका हुन् ।

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...