राजविराजमा सुकुम्बासी र प्रहरीबीच झडप – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

राजविराजमा सुकुम्बासी र प्रहरीबीच झडप

राजविराज । सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न बालबच्चासहित आएका सयौं सुकुम्बासीले प्रहरीमाथि समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले १६ राउण्ड अश्रु ग्यास प्रहार गरीफायर गरेको छ ।

मंगोलियन नेसनल अर्गनाइजेसन समूहका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज शक्ति चाम्लिङ्ग राई (डा. गोपाल गुरुङ) राईसँगै उदयपुर चौदण्डीगढी ८ का मिस्टर राई, दुर्गा मगर, बिक्रम राई, निरकुमार राई, सन्तोष राई, मिलन राई, बासुदेव राई, खोटाङ खोटेहाङ ८ का नरेन्द्र राई, सप्तरी सप्तकोसी १ का मनबहादुर गुरुङ, चितवन राप्ती १२ का कृष्ण प्रजा सहित ११ जनालाई पक्राउ गरेको स्थानीय समाचारदाताले जनाएका छन् ।

स्थानीयले ढुङ्गा प्रहारले दुईजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् । सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै बुधबार प्रदेश १ का इन्चार्ज राईको अगुवाईमा कञ्चनरुप नगरपालिका १ वैरवा नजिक आरक्ष क्षेत्रमा बस्ती बसाउन सुकुम्वासीलाई बोलाइएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
घण्टौसम्म जग्गा खाली गर्न सम्झाउँदा पनि नमानेपछि प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज र अश्रु ग्यास प्रहार गरी घर बनाउन विभिन्न जिल्लाबाट आएका करिब चार सयजनालाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ ।

उदयपुर, झापा, पाँचथर, धनकुट्टा, भोजपुर, चितवन र गोरखासम्मबाट आएका उनीहरुले नजिकैको मानव वस्तीमा आश्रय लिएका छन् । मंगोलियन अर्गनाइजेसनलेनै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको छ ।

वस्ती नै बसाउने योजनाका साथ धेरै संख्यामा एकसाथ आएका उनीहरुलाई प्रहरी खटाएर जग्गा खाली गराइएको प्रजिअ पौडेलले बताए । ठूलो संख्यामा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले घर बनाउन चाहिने सामाग्री सहित दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याँससहित बालबच्चा समेत लिएर आएका थिए । उनीहरुको घर बनाएर वस्ती बसाउने योजना रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रमा खटिएको इन्स्पेक्टरसहितको टोलीले थप सहयोग मागेपछि प्रहरी र सशस्त्र प्रहरीले डीएसपीको नेतृत्वमा टोली खटाएको थियो । उक्त भिड तितरवितर भइ नजिकैको वस्तीमा आश्रय लिएर बसेको आशंका भएको हुँदा उनीहरु पुनः आउन सक्ने सम्भावना रहेको भन्दै सो क्षेत्रमा केही दिन ठूलो संख्यामा प्रहरी परिचालन गरिने स्थानीय संवाददाताले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ चैत्र १४, १०: ४३

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७५ चैत्र १४, १०: ४३

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७५ चैत्र १४, १०: ४३

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...