एमालेका भ्रातृ संगठन मुल्यबृद्धिबिरुद्ध आन्दोलनमा जाने घोषणा – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

एमालेका भ्रातृ संगठन मुल्यबृद्धिबिरुद्ध आन्दोलनमा जाने घोषणा


नयाँ विकल्प,
काठमाडौं – नेकपा एमाले निकट विभिन्न भ्रातृ संगठनहरूले महँगी, कालोबजारीविरुद्ध सडक आन्दोलनमा जाने घोषणा गरेका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यबृद्धि, रासायनिक मलको अभाव र बिद्यार्थीले पाठ्यपुस्तक नपाएको बिषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले भनिन्, ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी भएका थिए ।

एमाले उपमहासचिव तथा पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीसमेत सहभागी भएको बैठकले आन्दोलनमा जाँदा सडक र सदन दुवैलाई जोडने निर्णय पनि गरेको छ ।

संयन्त्र बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको बिरोधमा संयुक्त बिज्ञप्ती निकाल्ने र लगत्तै सडक आन्दोलन तताउने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ असार ९, २१: ०२

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ असार ९, २१: ०२

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ असार ९, २१: ०२

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...