
नयाँ विकल्प,
काठमाडौं – चीनले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत योग्य भन्दै टिप्पणी गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् ।
प्रवक्ता वेनबीनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सँधै समर्थन गर्नेछ । साथै क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्नसमेत तत्पर छ ।’
नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरेयता चीन लामो समयदेखि नेपालको विषयमा मौन रहँदै आएको थियो । एमसीसी अनुमोदनका विषयमा यहाँ बहस सुरु भएपछि चीनले अमेरिकाले सदनबाट पारित गर्न दबाव दिइरहेको भन्दै त्यसको विरोध समेत गरेको थियो ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...