पार्टीले आत्मसम्मानमा चोट पुर्याएको भन्दै मन्त्री आलेले दिए राजीनामा दिने चतावनी – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

पार्टीले आत्मसम्मानमा चोट पुर्याएको भन्दै मन्त्री आलेले दिए राजीनामा दिने चतावनी

नयाँ विकल्प,

काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । उनले शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा पार्टी निर्णयप्रति असहमति राख्दै राजीनामा दिने जानकारी गराएका हुन् ।

उनले पार्टीले ६ महिनाका लागि सरकारमा पठाएको थियो र थप २ महिनामा पनि काम गर्ने अवसर दिएको भन्दै पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भएको बताए ।

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ असार १०, २०: ४३

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ असार १०, २०: ४३

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ असार १०, २०: ४३

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...