काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

नयाँ विकल्प,

काठमाडौं -काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०७९-८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट ल्याएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ बराबर छुट्याएको छ ।

जुन कुल विनियोजित बजेटको २०।९६ प्रतिशत बराबर हो । पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबर रहेको छ ।

सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ अर्थात ७।२५ प्रतिशत बराबर बजेट छुट्याइएको छ । त्यस्तै, सुशासन क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ बराबर बजेट छुट्याइएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत बराबर हुन आउँछ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि महानगरले ५० करोड २१ लाख २४ हजार रुपैयाँ बराबरको बजेट छुट्याएको छ । जुन कुल बजेटको २.२४ प्रतिशत बराबर हो ।

आगामी आर्थिक वर्ष महानगरले २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ बराबर आम्दानी हुने अनुमान गरिएको छ ।

काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी स्थानीय सञ्चित कोषबाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ बराबर रहेको छ ।

संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चितता भएको बजेटमा उल्लेख छ ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७९ असार १०, २१: ३३

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०७९ असार १०, २१: ३३

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०७९ असार १०, २१: ३३

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...