नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ भोलि सोमबार हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार भोलि बिहान ११ बजेका लागि शपथको तयारी भएको छ

आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७९ असार १२, २०: ५४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७९ असार १२, २०: ५४

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७९ असार १२, २०: ५४

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...