
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डबाट सञ्चालित यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को जारी परिक्षाको क्रममा प्रदेश नम्वर २ अन्तरतगको जिल्लाका परिक्षा केन्द्रहरुमा विज्ञान र समाजिक अध्ययन विषयका प्रश्न पत्र परिक्षा हुनु अघि नै वाहिरिएपछि संघीय सरकारमाथि प्रदेश सरकारले संगिन आरोप लगाएको छ ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री र कानूनमन्त्रीले संघीय सरकारले लापरवाहीपूर्वक २ नम्वर प्रदेशलाई बदनाम गराउन यस्तो घटना गराएको आरोप लगाएका छन् । दुई नम्वर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लगाएको आरोप असत्य भएको दाबी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले गरे पनि त्यसको असर दुई नम्वर प्रदेशभरी परेको छ ।
चैत १४ गते विज्ञान र १५ गते सामाजिक अध्ययन बिषयको प्रश्नपत्र लगातार परिक्षा हुनुअघिनै वाहिरिएपछि संघीय सरकारको लापरवाही भन्ने देखिएको छ । शुक्रबारनै आइतबार हुने शारीरिक शिक्षा विषयको प्रश्नपत्र वाहिरिएपछि संघीय सरकार आत्तिएको थियो । तर, त्यो प्रश्नपत्रलाई फर्जी र नक्कली भएको दाबी शिक्षा सचिव खगराज बरालले गरेका थिए ।
यसरी एकपछि अर्को गर्दै परिक्षा अघिनै प्रश्नपत्र वाहिरिन थालेपछि सरकारले विज्ञान बिषयको परिक्षा चैत २२ गते र अन्य सबै बिषयको परिक्षा २ नम्वर प्रदेशको हकमा भने अर्को सूचना जारी गरेपछि मात्र संचालन हुने जनाइएको छ ।
परीक्षा हुनुअघिनै प्रश्नपत्र वाहिरिएको घटनालाई संघीय सरकारका शिक्षामन्त्री पोखरेलले आपराधिक घटनाको संज्ञा दिएका छन् । उनले सो घटनामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयलाई पत्राचार गरिएको र गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान व्युुरोबाट अनुसन्धान टोली खटाइसकेको छ ।
प्रश्न प्रत्रको छपाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको तीन तहको सुरक्षा घेराभित्र हुने गरेको छ भने त्यसको ढुवानी १५ दिनअघि प्रत्येक जिल्ला प्रहरी कार्यालय र तीन दिनअघि नजिकको प्रहरी चौकीमा पु¥याइन्छ । परिक्षा हुनु १ घण्टाअघि मात्र प्रश्नपत्र परिक्षा केन्द्रमा पु¥याउने व्यवस्था गरिएको हुन्छ ।
यस्तो अवस्थामा प्रश्नपत्र कसरी वाहिरियो भनेर मन्त्रीले समेत आश्चर्यमा परेका छन् । यो घटनामा सुरक्षा निकायको उपल्लो र शक्तिशाली व्यक्तिको प्रयास विना सम्भव हुँदैन । यसबर्षको एसईई परिक्षा संचालनका लागि १९६९ परिक्षा केन्द्र, त्यतिकै संख्यामा केन्द्राध्यक्ष, ३१६७ जना सहायक केन्द्राध्यक्ष, २३७५० निरिक्षक, ४७५० परिक्षा सहायक, ९५०० कार्यालय सहयोगी र २९५३५ सुरक्षाकर्मी परिचालित गरिएको थियो ।
पश्न पत्र वाहिरिएपछि प्रहरीले अनुसन्धान गर्न लागिरहेको बेला प्रदेशको लहान, सिमरा, जनकपुर, लगायतका क्षेत्रमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । जसले गर्दा त्यहाँको जनजीवन नै प्रभावित भएको छ ।
बारामा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपमा एक डीएसपीसहित दर्जनौं प्रहरी घाईत भएका छन् । परिस्थितिले उग्ररुप लिँदै गएपछि यतिवेला एसईईको परिक्षाअघि नै प्रश्नपत्र वाहिरिएको बिषयले संघीय सरकारलाई टाउको दुखाईको बिषय बनेको छ ।
स्थगित भएका विषयमा पुनःपरिक्षा संचालन गर्दा राष्ट्रिय परिक्षा बोर्डलाई कम्तीमा १५ दिन र ९० लाख बढी रकम खर्च हुने देखिएको छ । यति धेरै क्षति पु¥याउने र २ नम्वर प्रदेशका विद्यार्थीमा यति धेरै मानसिक यातना दिन भूमिका खेल्ने अभियुक्तलाई सरकारले पत्ता लगाउँछ वा लगाउँदैन भनेर विद्यार्थी तिनका अभिभावकले प्रतिक्षा गरिरहेका छन् ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...