
काठमाडौं । सरकारले राज्यविरुद्धको अपराधमा मुद्धा चलाएका नेत्रविक्रम चन्द विप्लव नेतेत्वका नेकपाका कार्यकता भटाभट छुट्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल चिन्तित बनेका छन् । सरकारले तीन साताअघि मात्र विप्लव नेतृत्वको माओवादीलाई प्रतिवन्ध घोषणा गरी उसका कार्यकर्तालाई खोजी खोजी मुद्धा चलाउन शुरु गरेको थियो ।
बुधबार मात्र जिल्ला अदालत सिन्धुपाल्चोकले प्रहरीले प्रक्राउ गरेका १७ जनामध्ये एक जनालाई २५ हजार धरौटी, १३ जनालाई ६ ,६ हजार धरौटी र तीन जनालाई साधारण तारेखमा राख्ने आदेश दिएको छ । ति सबैलाई राज्यविरुद्धको अपराध कसुरमा अधिकतम सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अदालतमा मुद्दा दायरर गरेको थियो । पक्राउ परेको सबैलाई प्रहरीले २१ दिन थुनामा राखेर अदालत पेश गरिएको थियो ।
मुलुकी अपराध संहिताअनुसार राज्यविरुद्धको अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ । रोल्पाबाट पक्राउ परेका विप्लव माओवादीका तीन कार्यकर्तालाई पनि जिल्ला अदालत रोल्पाले जनही ६० हजार धरौटीमा छोडेको छ ।
अदालतले यसरी सामन्य तारेखमा विप्लव माओवादीका कार्यकर्ता छोडिदिन थाल्यो भने उसका गतिविधि कसरी नियन्त्रण गर्ने भन्ने टाउको दुखाइ भएको उच्च प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार मुद्दा दायर भएकामध्ये हालसम्म ५४ जना विप्लव कार्यकर्ता अदालतबाट छुटिसकेका छन् । प्रहरीले एक महिनाको अवधिमा १८४ जना विप्लव माओवादीका नेता रकार्यकर्ता पक्राउ गरेको थियो ।
फागुन १० गते नख्खुमा एनसेलको कार्यालयअघि बम बिस्फोट भएयता विप्लव माओवादीका नेता कार्यकर्ता पक्राउ अभियानलाई प्रहरीले तीव्रता दिएको थियो । काठमाडौंबाट सबैभन्दा बढी २२ जना, ललितपुरबाट १०, तनहुँबाट १२ जना समातिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट समातिएका १६ जनामध्ये ७ जना अदालतबाट छुटिसकेका छन ।
पक्राउ परेकाहरूमध्ये स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत केन्द्रदेखि जिल्लास्तरसम्मका नेता र कार्यकर्ता छन् । विप्लवका ‘हाई प्रोफाइल’ नेता ओलीलाई संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दा चलाइएको छ ।
जिल्ला अदालत ललितपुरले चैत १० गते आठ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ । तर पनि ओलीलाई थुनामा राख्नुको कारण खुलाउँदै तीन दिनभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न सर्वोेच्च अदालतले बिहीबार आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले यस्तो आदेश दिएका हुन । ओलीसहित ९ जनालाई प्रहरीले चैत ९ गते राति काभ्रेको खानीखोला गाउँपालिका४ बरुणबेसीबाट प्रहरीले पक्राउ गरेको थियो ।
मुद्दा चलाइएकाहरूमा केन्द्रीय सदस्यहरु रुपन्देहीका वसन्त श्रेष्ठ, सुर्खेत घर भई रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, साधारण सदस्यहरू सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, बाराका देवराज घिमिरे, नुवाकोटका सन्दीप कार्की, रुकुमका लोकेन्द्र खड्का र चालक धर्मराज राजबाहक थिए ।
प्रहरीले उनीहरु सवार बा१७च ४८९३ नम्बरको गाडीबाट गोली लोड गरिएको जापानिज पेस्तोल एक थान, त्यसको म्यागजिन, २१ राउन्ड गोली, बम बिस्फोटमा प्रयोग हुने जिलेटिन पाँच थान, डेटोनेटर पाँच थान फेला परेको थियो । सवारमध्ये सुदर्शनको साथबाट पेस्तोल, गोली र म्यागजिन बरामद भएको प्रहरीले दाबी छ । उक्त पेस्तोल नख्खु बिस्फोटका क्रममा प्रयोग भएको आशंका गरिएको छ । नख्खु बिस्फोटमा मोटरसाइकलमा आएका चारमध्ये एक जनाले एनसेलका सुरक्षालाई सो पेस्तोल ताकेर टाइम बम राखेको प्रहरीको दाबी छ ।
ललितपुरबाट चैत १ गते पक्राउ परेका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई काठमाडौं प्रहरीले राज्यविरुद्धको अपराधमै मुद्दा चलाएको छ । उनलाई अदालत पेश गरिसकिएको छैन । कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरीडाँडाबाट फागुन २३ गते पक्राउ ४० वर्षीय दुर्गाबहादुर रोकालाई हातहतियार तथा खरखजना र संगठित अपराध ऐन अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको छ ।
धरानबाट एम १६ र एलएमजी हतियारसहित पक्राउ परेका मोरङ केराबारी गाउँपालिका१० का ४३ वर्षीय देवकुमार लिम्बूलाई प्रहरीले हातहतियार तथा खरखजनासँगै संगठित अपराधमा मुद्दा चलाएको छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...