दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्ता मारमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्ता मारमा

नयाँ विकल्प,

काठमाडौं – सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले दूरसञ्चार पूर्वाधारमा दोहोरो खर्चले उपभोक्ता मारमा परेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पनि आआफ्नै तार प्रयोग गर्दा खर्च बढेको र यसले उपभोक्ता मारमा परेको धारणा राखेका छन् ।

‘एकै ठाउँमा दुई कम्पनीले तार टाँग्ने गरेका छन् । त्यो खर्च उपभोक्तासँग असुल गरिन्छ । यसले पनि इन्टरनेट सेवा महंगो भएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पहिलेकै कम्पनीको तार भाडामा लिई प्रयोग गरे खर्च घट्ने र तार खरिदमा बाहिरिने रकम पनि जोगिनेछ,’ उनले भने । सरकारले पूर्वाधार सेयरिङ गर्न नीति बनाइरहँदा पनि सेवाप्रदायकले सहयोग गर्नै नचाहेको सचिव अर्यालेको भनाइ छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार २०, १२: ४०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ असार २०, १२: ४०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार २०, १२: ४०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...