नेपाल निगमले प्रधानमन्त्री र उद्योगमन्त्रीलाई पठायो चेतावनीसहित पत्र – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाल निगमले प्रधानमन्त्री र उद्योगमन्त्रीलाई पठायो चेतावनीसहित पत्र

नयाँ विकल्प,

काठमाडौं- नेपाल आयल निगमले इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री र उद्योगमन्त्रीलाई चेतावनीसहित पत्राचार गरेको छ ।

घाटा थेग्नै नसक्ने भएपछि निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको निगमले सोमबार पत्राचार गर्दै चेतावनी दिएका हुन् ।

निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले तत्काल नसोचे अवस्था भयावह हुने अवस्था हुन सक्ने बताएका छन् ।

पत्रमा इन्धन खपत कम गर्नुको विकल्प नभएकोपनि उल्लेख गरिएको छ । निगमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको उल्लेख गरेको छ ।

रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ ।

पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको मासिक घाटा १० अर्ब पुगेको र आर्थिक वर्षको अन्तसम्ममा ५५ अर्ब रुपैयाँ पुग्ने जनाएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार २०, २१: ०४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार २०, २१: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ असार २०, २१: ०४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...