
काठमाडौं । यही चैत्र १७ गते आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीमा ज्यान गुमाएहरूको प्रति प्रदेश नं. २ ले शोक मनाउने भएको छ। टोर्नाडो नामक हावाहुरीले बारा र पर्साको केही स्थानीय तहमा व्यापक जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै प्रदेश–२ सरकारले मृतकको १३औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकबाट ज्यान गुमाएकाहरूको प्रति स्मरणमा १३औं पुण्य तिथिको दिन चैत ३० गते प्रादेशिक शोक मनाउने निर्णय आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले बताएका छन् । मन्त्रिपरिषद्को बैठकले १३ औँ पुण्य तिथिको दिन हरेक नागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतकाले आ–आफ्नो स्तरबाट विहान ११ बजे २ मिनेटको लागि मृतकको आत्माको चिरशान्तिको लागि कामना गर्दै मौन धारण गर्न आग्रह गरेको बताए ।
बारा–पर्सामा आएको विनाशकारी हावाहुरीले गर्दा भएको विपद् शौचालय, खानेपानी, बिजुली, लगायतका समस्याहरूलाई तत्काल समाधान गर्नका लागि केन्द्रीय सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ ।’ हावाहुरीमा ज्यान गुमाएका प्रत्येक मृतक परिवारलाई क्रिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री कुशवाहाकको भनाइ रहेको छ ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...