
काठमाडौं । कानून व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसनको नेतृत्व प्रगतिशिल अर्थात सत्तारुढ नेकपा निकटको प्यानलले कब्जा गरेको छ । प्रगतिशिल पक्षको नेतृत्व गर्दै अध्यक्षको उम्मेदवार बनेका चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्यानलले २५ मध्ये २२ सिटमा विजय हासिल गरेको छ । गत साता शनिबार भएको निर्वाचनको मत परिणाम अनुसार लोकतन्त्रबादी प्यानलको नेतृत्व गरिरहेका सुनिल श्रेष्ठको प्यानलले ३ सिटमै चित्त बुझाउनु परेको छ ।
एसोसिएसनसँग आवद्ध १० हजार तीन सय १३ सदस्य मध्ये करिव नौ हजारले मतदान गरेका थिए । एसोसिएसनको २५ सदस्यीय २५औं कार्यसमिति चयनको लागि शनिबार ३५ मतदान केन्द्रमा मतदान स्थल तोकिएको छ । लोकतान्त्रिक समूहकोतर्फबाट अध्यक्षको उम्मेदवार भएका सुनिल पोखरेलले तीन हजार आठ सय ७३ मत ल्याएका थिए भने प्रगतिशिल समूहबाट अध्यक्षको उम्मेदवार भएका चण्डेश्वर श्रेष्ठले चार हजार २२ मत ल्याएका थिए ।
सोमबारदेखि मतगणना शुरु गरिएको बारको निर्वाचनमा लोकतान्त्रिक प्यानलको तर्फबाट उम्मेदवार भएकामध्ये महासचिवमा लिलामणि पौडेल प्रदेश पाँचबाट उपाध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेल र मधेशी मुश्लिम खुल्ला कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार मनोजकुमार चौधरीले मात्र लोकतान्त्रिक प्यानलबाट विजय हासिल गरेका छन् । नेपाल बारको इतिहासमा लोकतन्त्रबादीले यति हदसम्म वा लज्जाजनक हार बेहोरेको पहिलो घटना हो । पोखरेल अध्यक्षको उम्मेदवार बनाउन लोकतन्त्रबादी कानून व्यवसायीहरुमध्ये पूर्वमहासचिव माधवप्रसाद बास्कोटा र पूर्वअध्यक्ष राधेश्याम दाहालले असहयोग गरेको लोकतन्त्रवादी कानून व्यवसायीहरुले बताइरहेका छन् । त्यसैले बारको यो निर्वाचनलाई लोकतन्त्रबादी कानून व्यवसायीहरुले ठूलो कमजोरीको रुपमा लिएको बताइन्छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...